१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

देशका हाइप्रोफाइल जति 'राष्ट्रिय जलवायु' सम्मेलनमा

राष्ट्रिय जलवायु सम्मेलन सङ्घीय राजधानी काठमाडौँमा हुँदैछ। वन तथा वातावरण मन्त्रालयले मङ्लवार आयोजना गरेको एकदिने सम्मेलनमा देशका सबै हाइप्रोफाइलरू भेला भएका छन्।

उनीहरू प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिको रुपमा मञ्चमा आसिन छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथिको रुपमा रहेका छन् भने कोशी प्रदेश बाहेक ६ वटै प्रदेशका मुख्यमन्त्रीहरू, सङ्घीय अर्थमन्त्री, उर्जामन्त्री, वनमन्त्री लगायतका मन्त्रीहरू र मुख्य सचिव डा.बैकुण्ठ अर्याल क्रमशः विशिष्ट र अतिथिको रुपमा उपस्थित छन्। 

विशिष्ट अतिथिको रुपमा सङ्घीय अर्थमन्त्री डा.प्रकाशशरण महत, वन तथा वातावरण मन्त्री डा.विरेन्द्र महतो, उर्जा तथा जलस्रोत मन्त्री शक्ति बहादुर बस्नेत, मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीराम चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह सम्मेलनमा सहभागी छन्। 

यस्तै कार्यक्रममा संयुक्त राष्ट्र सङ्घको नेपाल प्रतिनिधि हान सिसङ्गर हाम्डी र नेपालका लागि युएईका राजदूत अबदुल्ला अल सम्सी पनि उपस्थित छन्।

सम्मेलनमा राष्ट्रिय योजना र राष्ट्रिय निर्धारित योगदान कार्यान्वयन योजनाको लोकार्पण तथा कोप २८ नेपालको अर्थपूर्ण सहभागिताको विषयमा छलफल गरिनेछ।

प्रकाशित: ५ मंसिर २०८० ०५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App