नेतान्याहूको दाबी : इरानको आणविक र सैन्य शक्ति पूर्ण रूपमा ध्वस्त भयो
नेतान्याहूले हालै इरानको ‘दक्षिण पार्स’ ग्यास केन्द्रमा भएको आक्रमण इजरायलले एक्लै गरेको खुलासा पनि गरेका छन्। यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष अनुरोधमा अब इजरायलले उक्त ग्यास क्षेत्रमा थप आक्रमण नगर्ने निर्णय गरेको छ।

