भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति नियुक्त गर्न आदेश दिएको छ। सर्वोच्च अदालतले रोड्रिगेजलाई सबै राष्ट्रपतिको अधिकारसहित तुरुन्तै अस्थायी पद सम्हाल्न आदेश दिएको हो।
यसबिच भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई न्यूयोर्कको लागूपदार्थ प्रवर्तन प्रशासन कार्यालयमा अमेरिकी अधिकारीहरूलाई नयाँ वर्षको शुभकामना दिइरहेको भिडियो सार्वजनिक भएको छ।
कानुनी प्रक्रिया पूरा गर्न उनलाई लागूपदार्थ प्रवर्तन प्रशासन कार्यालयमा ल्याइएको थियो। त्यसपछि उनलाई हिरासत केन्द्रमा लगिएको हो।
मादुरोलाई हेलिकप्टरबाट न्यूयोर्कको म्यानहट्टनबाट ब्रुकलिनको मेट्रोपोलिटन हिरासत केन्द्रमा लगिँदैछ।
मादुरोलाई ब्रुकलिन हिरासत केन्द्रमा राखिनेछ। उनी लागूपदार्थ र हतियार तस्करीको आरोपमा अर्को हप्ता म्यानहट्टनको संघीय अदालतमा उपस्थित हुने कार्यक्रम छ।
अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको पक्राउले अमेरिकालाई फाइदा पुग्ने बताए। उनले यसले अमेरिकालाई थप सम्पत्ति र स्रोतहरूमा पहुँच दिने बताएका छन्।
हेग्सेथले भने, ‘हामी यो सुनिश्चित गर्न सक्छौं कि हामीसँग थप पैसा र स्रोतहरूमा पहुँच छ ताकि कुनै देशले अमेरिकी सैनिकहरूको रगत बगाउनु नपर्ने गरी आफ्नो पूर्ण क्षमतामा पुग्न सकोस्।’
भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई आइतबार अमेरिका लगिएको थियो। अमेरिकी सैन्य विमान न्यूयोर्कको स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरिएको थियो।
उनीहरूको स्वास्थ्य परीक्षण गरिएको छ। शनिबार अमेरिकी सेनाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति मादुरो र उनकी पत्नी फ्लोरेसलाई पक्राउ गरेको थियो। एजेन्सी
प्रकाशित: २० पुस २०८२ ०८:३७ आइतबार





