२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसले केन्द्रीय समितिमा निर्वाचन समीक्षा गर्ने

नेपाली कांग्रेस ले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेको छ।

पार्टीका प्रवक्ता देवराज चालिसे ले चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भइरहेको जानकारी दिएका छन्।

‘निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारीमा हामी लागेका छौँ,’ प्रवक्ता चालिसेले भने, ‘निर्वाचनमा के–के भयो भन्नेबारे केन्द्रीय समितिमा छलफल गर्न जिल्ला–जिल्लाबाट रिपोर्ट मगाएका छौँ। रिपोर्ट आउने क्रम सुरु भएको छ।’

२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेस यसपटक दोस्रो स्थानमा झरेको छ। मात्र दोस्रोमा सीमित नभई संसद्मा इतिहासकै सबैभन्दा कमजोर प्रतिपक्षीको रूपमा उभिने अवस्था बनेको छ। यही विषयमा विस्तृत छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको हो।

निर्वाचन परिणामअनुसार कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट गरी जम्मा ३८ सिट मात्रै जितेको छ।

 

प्रकाशित: २९ फाल्गुन २०८२ १६:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App