८ वैशाख २०८१ शनिबार
समाज

गोली प्रहार गरी रकम लुट्ने पक्राउ

विराटनगर—गोली प्रहार गरेर रु दुई लाख रकम लुटेको अभियोगमा पक्राउमा परेका एक जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ। 

मोरङ, कटहरी–४ बस्ने ३४ वर्षीय कात्तिक कामतलाई जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। जीवन विकास शाखा कर्सियाका सहायक फिल्डमा कार्यरत रङ्गेली–११ बस्ने ३७ वर्षीय घनश्याम बहरदार चढेको मोटरसाइकललाई गत माघ १२ गते विराटनगर–रङ्गेली सडकखण्डको दादरबेरियामा रोकेर लुटपाट गरिएको थियो। 

एक भारतीय नं. को मोटरसाइकलसमेत गरी दुई मोटरसाइकलमा आएका लुटेराको समूह सो रकम लुटेर फरार भएको थियो। घटनामा संलग्न अन्य लुटेराको खोजबिन भइरहेको प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए।

पक्राउमा परेका कामत यसअघि जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङको आदेशमा २०७२ साल वैशाख ६ गते १० वर्षको सजाय भुक्तान गरी कारागारबाट मुक्त भएका थिए। रासस 

प्रकाशित: २५ माघ २०७३ ०५:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App