१६ पुस २०८२ बुधबार
image/svg+xml
समाज

गैरीगाउँमा टायर बालेर सुकुम्बासीले रोके महानगरको डोजर

काठमाडौंको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा अव्यवस्थित सुकुम्बासी बस्तीका बासिन्दाले टायर बालेर महानगरको डोजर रोकेका छन्।

महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्बासी बस्तीका बासिन्दाले सडकमा टायर र ढुंगा थुपारेर बाटो छेकेका हुन्।

आज बिहान मात्रै सुकुम्बासीहरुले महानगर अगाडि नाराबाजी सहित धर्ना दिएका थिए। 

बाटो छेकेसंगै महानगरपालिकाको टोलीले डोजर अगाडि बढाउन सकेको छैन। पछिल्लो समय महानगरले विभिन्न स्थानमा भएका अनधिकृत संरचना भत्काइरहेको छ।  

प्रकाशित: २४ चैत्र २०७९ १०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App