५ असार २०८१ बुधबार
image/svg+xml
समाज

गरिबीले ग्रामीण भेकमा दुःखको भारी

दुल्लु नगरपालिका–८ पौवाकी ३५ वर्षीया मानकुमारीको सुनार दुःख कहिल्यै घटेन। गरिबीका कारण पति लामो समयदेखि भारतको वेंग्लोर छन्। साना ४ वटा छोराछोरीसँग घरव्यवहार धान्दै आएकी मानकुमारीले सुखको दिन कुरी बसेकी छिन्। घर पनि वर्षामा चुहिएर बेहालै हुन्छ। छोराछोरी लालनपालनदेखि पढाइसम्म उनलाई हम्मेहम्मे भएको छ। घरमा एकपछि अर्को समस्याले थिचिएकी मानकुमारी त्यही घर त्यही समाजसँग छोराछोरीको सुखका लागि लडिरहेकी छिन्। तर दुःखका दिनहरूले कहिल्यै छाडेनन्। पतिले भारतमा दुःख, आफूले गाउँमै दुःख गर्दा पनि दुःखबाट कहिल्य छुटकारा पाउन नसकेको पीडा मानकुमारी सुनाउँछिन्।

गाउँमा हुने विकासमा समेत उनलाई सामेल नगराइदिँदा मानकुमारी झन् आफूलाई दुःखित महसुस गर्छिन्। रोजगारका कार्यक्रमदेखि कृषि तथा पशुपालनसम्मका कार्यक्रममा उनलाई नै पाखा लगाउने गरे पनि स्थानीय सरकारसँग उनको मन कुँडिएको छ। मानकुमारी एउटा पात्र भए पनि हिजोआज हरेक गाउँमा सोझासाझा नागरिकहरू गरिबीका कारण यसरी नै हरेक अवसरबाट टाढा पारिएका छन्। गाउँमा हुनेखाने र जनप्रतिनिधिको आसेपासेहरूकै रजाइँले सोझा जनता महसुस गर्नै पाउँदैनन्।

भकारी परियोजनाको कार्यक्रमदेखि स्थानीय सरकारबाट परिचालन भएको रोजगारको कार्यक्रममा समेत आफू नपारिएपछि मानकुमारी दुःखी छिन्। ‘पति दुई पैसा कमाउन सकिन्छ कि भनेर भारतमा हुनुहुन्छ,’ मानकुमारीले भनिन्, ‘गाउँमा कुनैपनि अवसर आउँदा हामीलाई छानिँदैन। गाउँमा साना केटाकेटी हुर्काउनदेखि पढाउनसम्म गाह्रो छ।’ खानेपानीको अभाव उस्तै। पानी अभावकै कारण आफूले खाने तरकारी लगाउन नसकेको उनले बताइन्। 

प्रकाशित: ११ चैत्र २०७९ ०४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App