१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

नारायणगढ क्षेत्रका अवैध संरचना भत्काएपछि हाकिमचोकमा सुरु

तस्बिरः वसन्त ढुंगाना

सडक डिभिजन भरतपुरले आज पनि भरतपुरका अवैध संरचनामा डोजर लगाईएको छ। नारायणगढका अवैध संरचना भत्काएर सकेको सडक डिभिजनले आइतबार लायन्सचोकदेखि हाकिमचोक सम्मका अवैध संरचना भत्काउने भएको हो।

सडक अधिकार क्षेत्रमा परेका घरटहरा भत्काइने सडक डिभिजनका इन्जिनियर सागर कार्कीले जानकारी दिएका हुन्। यतिबेला पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने पुलचोक–गोन्द्राङ सडक खण्डलाई ६ लेनमा विस्तार गर्ने काम भइरहेको छ। भरतपुर महानगरपालिकाभित्र पर्ने यस सडक खण्ड विस्तारपछि यातायात सञ्चालन र बजार व्यवस्थापन सहज हुने विश्वास गरिएको छ।

रागमार्गको केन्द्रबाट दायाँ बायाँ २५÷२५ मिटरसम्मलाई सडक अधिकार क्षेत्र मानिने सडक ऐन २०३१ मा उल्लेख छ। सडक ऐन अनुसार सडक अधिकार क्षेत्रभित्रका घरहरु भत्काइएको सडक डिभिजनले बताउँदै आएको छ। तत्काल सडक डिभिजन कार्यालयले सडक क्षेत्र भित्र पर्ने १ सय ५८ भन्दा बढी घर भत्काउने जनाएको छ। कार्यालयका अनुसार ५८ वटा घरका पिलर भित्र परेका छन् भने, १०० भन्दा बढी घरका छत र पेटी परेका छन्।  

प्रकाशित: १० पुस २०७९ ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App