२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

रवि-बालेनमाथि रिजालको टिप्पणी : अन्ततः कोरलिने जेलेन्स्कीहरू नै हो

नेकपा एमालेका नेता विष्णु रिजालले लोकप्रियतावाद (पपुलिज्म) क्षणिक र आत्मविनाशतर्फ उन्मुख हुने राजनीतिक प्रवृत्ति भएको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लोकप्रियतावादी राजनीति दीर्घकालीन दृष्टि, सिद्धान्त र संगठनविहीन हुने भएकाले अन्ततः आफैँ कमजोर हुँदै जाने बताएका हुन्।

रिजालका अनुसार विश्वव्यापी रूपमा लोकप्रियतावादको साझा विशेषता भनेकै एक लोकप्रियतावादीभन्दा अझ चर्को लोकप्रियतावादी उदाउँदा अघिल्लो पात्र स्वतः ओझेलमा पर्नु हो। यही सन्दर्भमा उनले नेपाली राजनीतिलाई संकेत गर्दै रास्वपा सभापति रवि लामिछानेमाथि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह प्रभावशाली देखिनुको कारण पनि यही प्रवृत्ति भएको उल्लेख गरेका छन्।

उनले लोकप्रियतावादलाई बेलुनसँग तुलना गर्दै लेखेका छन्, 'बेलुन जति फैलिँदै जान्छ, अन्ततः त्यति नै चाँडो फुट्छ।' बालेनभन्दा अझ चर्को पात्र देखापरे वर्तमान लोकप्रियतावादीहरू पनि फिक्का हुने उनको दाबी छ।

रिजालले सिद्धान्त, संगठन, इतिहास र भविष्यबिनाको राजनीति वर्तमान असन्तुष्टिमा टेकेर गरिने भएकाले क्षणिक उत्तेजनाभन्दा माथि उठ्न नसक्ने बताएका छन्। भावावेश, उत्तेजना, बदला र ‘खुच्चिङ’को भावनाबाट निर्देशित राजनीति अन्ततः असफलतामा पुग्ने उनको भनाइ छ।

उनले यस्ता प्रवृत्तिको परिणामस्वरूप 'कोरलिने जेलेन्स्कीहरू' निस्कने टिप्पणी गर्दै लोकप्रियतावादी राजनीतिले देश र समाजलाई दीर्घकालीन संकटतर्फ धकेल्न सक्ने चेतावनीसमेत दिएका छन्।

प्रकाशित: १२ पुस २०८२ ०६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App