कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रारम्भिक रूपमा ६० प्रतिशत मतदान भएको जानकारी दिएका छन्।
बिहीबार साँझ निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशभरका अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको बताए।
‘प्रारम्भिक विवरण अनुसार देशभरमा ६० प्रतिशत मत खसेको छ।’ कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने।
आयोगले अब मतपेटिका सङ्कलनको काम तीव्र पारिने र सर्वदलीय सहमति जुटाएर गणना सुरु गरिने बताएको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ १८:२७ बिहीबार




