२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

रमजानका समय पनि मतदानमा मुस्लिम महिलाहरुको उत्साहजनक सहभागिता

मुस्लिम समुदायको सबै भन्दा ठुलो पर्व ईद कै लागि रमाजनको कठोर ब्रत रोजा चलिरहेका समय पनिण् कपिलवस्तुमा प्रतिनिधिसभा निर्वाचनको मतदानमा मुस्लिम महिलाको उत्साहजन उपस्थिति देखिएको छ ।  

पानी समेन नखाएर उनीहरु बिहानदेखि साझ सम्म मतदान गरेका हुन् । मुस्लिम बाहुल जिल्लामा धेरै मुस्लिम महिलाहरु बुर्का लगाएरै मतदान केन्द्रमा पुगेका थिए ।  

प्रारम्भिक तथ्यांक अनुसार कपिलवस्तुमा करिब ५८  प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताए । कपिलवस्तुमा ३ लाख ९६ हजार २ सय ६५ मतदाता छन् ।  

प्रकाशित: २१ फाल्गुन २०८२ १८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App