२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

मतगणना स्थल तयार

सिरहाका चार वटै निर्वाचन क्षेत्रमा मतगणना स्थल तयार भएको छ । मतगणना स्थललाई तार-जालीले घेर्ने, सुरक्षा व्यवस्था मिलाउनेलगायतका काम सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले जानकारी दिएको छ ।

मतगणनाका लागि सम्पूर्ण तयारी पूरा भैसकेको छ उप्रेतीले भने,'मतपेटिका मतगणना स्थलमा प्राप्त भइसकेपछि तत्काल सर्वदलीय बैठक बसेर प्रक्रिया पूरा गरि मतगणना सुरु गर्छौ । सर्वदलीय बैठकमा उम्मेदवारका प्रतिनिधिहरूसंग छलफल गरी सहमति गरेपछि  विलम्ब नगरी हामी मतगणना प्रक्रियामा प्रवेश गर्छौं ।' 

सिरहा निर्वाचन क्षेत्र नम्बर १ का लागि लहान नगरपालिकाको सभाहलमा, क्षेत्र नम्बर  २ का लागि धनगढीमाई नगरपालिकाको कार्यालयको सभाहल, क्षेत्र नम्बर ३ का लागि सिरहा नगरपालिकाको कार्यालयको हल, र क्षेत्र नम्बर ४ का लागि मिर्चैयास्थित रेडक्रसको भवनमा मतगणना स्थल तय गरिएको उनले बताए ।

प्रकाशित: २१ फाल्गुन २०८२ १८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App