३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

देश भयावह राजनीतिक सङ्कटमा छ : पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देश चौतर्फी राजनीतिक सङ्कटमा रहेको बताएका छन्। शुक्रबार (आज) काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित नेकपा एकता अभियान र एकीकृत समाजवादीबीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन्।

'चौतर्फी सङ्कट फैलिरहेको छ। देश भयावह राजनीतिक सङ्कटमा छ। सामाजिक र सांस्कृतिक सङ्कट व्यापक रूपमा बढिरहेको छ। भ्रष्टाचार उसैगरी बढिरहेको छ। क्याबिनेटमा रहेका मन्त्रीहरू मुछिरहेका छन्। देश सङ्कटमा छ,' उनले भने।

खनालले अब वैज्ञानिक समाजवादमा जान सके मात्रै समस्याहरूको हल सम्भव हुने बताए। 'आजको गरिबीको अवस्थाबाट अगाडि बढाउँदै हामीले हाम्रै देशमा उद्योगहरूको विकास गर्ने, शिक्षाको रूपान्तरण गर्ने, हाम्रा युवाहरूलाई यहीँ कायम गर्न सक्ने काम हामीले गर्न सक्छौँ। त्यसका लागि वैज्ञानिक समाजवाद हो,' उनले भने।

उनले दुईवटा ठूला दल सरकारमा भए पनि जनता र देशका लागि केही राम्रो नभएको दाबी गरे। 'दुईवटा ठूला दल सरकारमा छन्। तर, त्यो नीति र कार्यक्रम, बजेटमा जनता र नेपाल राष्ट्रको हित गर्ने कुरा एउटा पनि छैन। त्यसैले आज देश सङ्कटमा छ,' उनले भने।

प्रकाशित: २ श्रावण २०८२ १५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App