युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको माघ ३ गतेको अमेरिका भ्रमणलाई लिएर गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका दुई पक्षबाट फरक-फरक दाबी सार्वजनिक भएका छन्।
आयोजक संस्थाका नाममा अलग-अलग पत्र जारी भएपछि विवाद बढेको हो। एकातिर प्रवक्ता सन्देश उप्रेतीले सरकारका कुनै पनि मन्त्रीलाई अमेरिका भ्रमणका लागि आमन्त्रण नगरेको स्पष्ट पारेका छन्।
यो पनि पढ्नुहोस्
मन्त्री गुप्ताको अमेरिका भ्रमण विवाद : एनआरएनएले भन्यो- हामीले आमन्त्रण गरेका छैनौँ
अर्कोतिर प्रवक्ता द्रोण गौतमले विज्ञप्ति जारी गर्दै त्यो दाबीमा सत्यता नभएको बताएका छन्।
गौतमले नेपालको बदलिँदो राजनीतिक-सामाजिक परिस्थिति तथा पछिल्लो जेनजी आन्दोलन पश्चात् उत्पन्न राष्ट्रिय अवस्था र सम्भावनाहरूको सन्दर्भमा मन्त्री गुप्तासँग अन्तरक्रिया गर्न औपचारिक रूपमा आमन्त्रण गरिएको उल्लेख छ।
उनले कार्यक्रमको सम्पूर्ण खर्च आयोजकले व्यहोर्ने र नेपाल सरकारलाई कुनै आर्थिक बोझ नपर्ने स्पष्ट पारेका छन्। पत्योरमा भ्रमण नेपाली युवालाई नेपालको विकाससँग जोड्ने सकारात्मक पहल भएको दाबी गर्दै भ्रामक टीका-टिप्पणीबाट बच्न नेपाली समुदायलाई अनुरोध गरिएको छ।

प्रकाशित: २५ पुस २०८२ १३:१० शुक्रबार





