समानुपातिक मततर्फ पनि कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै पहिलो दल बनेको छ। गत विहिवार भएको निर्वाचनको आइतवार सम्पन्न मतगणनामा समानुपातिकतर्फ सबैभन्दा धेरै मत प्राप्त गर्दै रास्वपा कास्कीमा सबैभन्दा ठूलो दल बनेको निर्वाचन आयोगले बताएको छ।
कास्कीमा कुल १ लाख ९१ हजार ४ सय २५ मत खसेको थियो। जसमा रास्वपाले १ लाख १३ हजार ६ सय २८ मत प्राप्त गरेको छ। यो कुल खसेको मतको ५९.३५ प्रतिशत मत हो। रास्वपाले कास्की–१ मा ४१ हजार ३ सय ५६, कास्की–२ मा ३३ हजार ६ सय ५७ र कास्की–३ मा ३८ हजार ६ सय १५ मत प्राप्त गरेको छ।
कास्कीमा नेपाली कांग्रेस २८ हजार ६ सय ५६ मत प्राप्त गरेर दोस्रो ठूलो दल बनेको छ। यो कुल खसेको मतको १५ प्रतिशत हो। कांग्रेसले कास्की–१ मा १० हजार ७ सय ७८, कास्की–२ मा ६ हजार २ सय ७६ र कास्की–३ मा ११ हजार ६ सय २ मत प्राप्त गरेको छ। त्यस्तै, नेकपा एमालले २४ हजार १ सय ९९ मत प्राप्त गरेर तेस्रो भएको छ। यो कुल खसेको मतको १२.६४ प्रतिशत मत हो। एमालेले कास्की १ मा ९ हजार ५ सय ७५, कास्की २ मा ६ हजार २ सय ७७ र कास्की ३ मा ८ हजार ३ सय ४७ मत प्राप्त गरेको छ।
चौथो ठूलो दल बनेको नेपाली कम्युनिष्ट पार्टीले ५ हजार ७ सय ६३ मत प्राप्त गरेको छ। यो खसेको मतको ३ प्रतिशत हो । नेकपाले क्षेत्र नम्बर १ मा २ हजार ६ सय ७५, क्षेत्र नम्बर २ मा १ हजार ३ सय १९ र क्षेत्र नम्बर ३ मा १ हजार ७ सय ६९ मत प्राप्त गरेको छ।
राप्रपा ६ हजार ४ सय ६६ मत प्राप्त गर्दै चौथो ठूलो दल बनेको छ। उसले क्षेत्र नम्बर १ मा १ हजार ९ सय १८, क्षेत्र नम्बर २ मा २ हजार ३ सय ९७ र क्षेत्र नम्बर ३ मा २ हजार १ सय ५१ म्त प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ५ हजार ७ सय ६३ मत प्राप्त गरेर पाचौं ठूलो दल बनेको छ। यो खसेको मतको ३ प्रतिशत हो। नेकपाले क्षेत्र नम्बर १ मा २ हजार ६ सय ७५, क्षेत्र नम्बर २ मा १ हजार ३ सय १९ र क्षेत्र नम्बर ३ मा १ हजार ७ सय ६९ मत प्राप्त गरेको छ।
कास्कीमा ३ लाख ९ हजार ५ सय ६३ मतदाता रहेका छन्। जसमध्ये ६१.११ प्रतिशत अर्थात १ लाख ९१ हजार ४ सय २५ मत खसेको थियो। कास्कीमा ४ हजार ६ सय ९८ मत बदर भएको छ। यो बदर मत कुल मतको २.४५ प्रतिशत हो। बदर मतमध्ये क्षेत्र नम्बर–१ मा १ हजार ८ सय ५२, क्षेत्र नम्बर–२ मा १ हजार २ सय ८ र क्षेत्र नम्बर–३ मा १ हजार ६ सय ३८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ।
प्रकाशित: २४ फाल्गुन २०८२ १५:२२ आइतबार




-600x400.jpg)
