प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्षतर्फ कुल ७ सिट जितेको छ। पार्टीले रोल्पा, सल्यान, सिन्धुपाल्चोक–२, कालीकोट, रुकुम पूर्व, रुकुम पश्चिम र डोल्पा निर्वाचन क्षेत्रबाट विजय हासिल गरेको हो।
पार्टीका संयोजक प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित निर्वाचित भएका छन्। त्यसैगरी नेता वर्षमान पुन रोल्पाबाट २७ हजार ४६० मत प्राप्त गर्दै विजयी भएका छन्।
सल्यानबाट रमेश कुमार मल्ल २३ हजार १८९ मतका साथ निर्वाचित हुँदा सिन्धुपाल्चोक–२ बाट युवराज दुलाल २१ हजार ६९९ मतसहित विजयी भएका छन्।
त्यसैगरी रुकुम पश्चिमबाट गोपाल शर्मा २१ हजार ६०९ मतका साथ निर्वाचित भएका छन् भने कालीकोटबाट महेन्द्र बहादुर शाही ११ हजार ७३९ मतका साथ विजयी भएका छन्। डोल्पाबाट धनबहादुर बुढा ६ हजार ८०२ मतसहित प्रतिनिधिसभामा निर्वाचित भएका छन्।
यससँगै प्रत्यक्षतर्फ नेकपाले जितेको सिट संख्या ७ मा पुगेको छ।
प्रकाशित: २४ फाल्गुन २०८२ १५:३८ आइतबार





