२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

फलैंचामा बसिरहेका बेला रुखले च्यापेर एकको मृत्यु

रुखले च्यापेर आइतबार बिहान सुनसरी रामधुनीमा एक जनाको मृत्यु भएको छ। हावाहुरीले रुख लडेर च्याप्दा रामधुनी वडा नं. ३ का ३६ वर्षे देवराज माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

रुखले च्यापेर घाइते भएको माझीलाई जिल्ला अस्पताल इनरुवामा उपचारका लागि पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक हेमराज ओलीले बताए। फलैंचामा बसिरहेका बेला रुखले किचेको हो।

प्रकाशित: २४ फाल्गुन २०८२ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App