३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

यी हुन् कांग्रेसका १७ विजयी उम्मेदवार, कर्णालीमा सबैभन्दा धेरै (नामसहित)

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले देशभरका १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रहरूमा कांग्रेसका उम्मेदवारहरू निर्वाचित भएका हुन्।

प्राप्त नतिजा अनुसार मधेश प्रदेशको रौतहट-२ मा मो. फिरदोश आलमले सबैभन्दा बढी २९ हजार ५२८ मत प्राप्त गरी जित हासिल गरेका छन्। त्यस्तै, कर्णाली प्रदेशको सुर्खेत-१ बाट विष्णु बहादुर खड्का २६ हजार ८९७ मतका साथ विजयी भएका छन्।

कर्णाली प्रदेशमा मात्रै कांग्रेसले ५ वटा सिट सुरक्षित गर्न सफल भएको छ।

प्रदेशनिर्वाचन क्षेत्रनिर्वाचित उम्मेदवारप्राप्त मत
कोशीपाँचथर-१नरेन्द्र कुमार केरुङ१७,२३३
कोशीतेह्रथुम-१सन्तोष सुब्बा११,५६१
कोशीसोलुखुम्बु-१प्रकाश सिंह कार्की१३,१६६
मधेशरौतहट-२मो. फिरदोश आलम२९,५२८
बागमतीरसुवा-१मोहन आचार्य१०,६५६
गण्डकीमनाङ-१टेक बहादुर गुरुङ२,४१५
गण्डकीमुस्ताङ-१योगेश गौचन थकाली३,३०७
लुम्बिनीपाल्पा-१सन्दीप राना१८,३३६
लुम्बिनीकपिलवस्तु-३अभिषेक प्रताप शाह२३,५३५
कर्णालीमुगु-१खड्ग शाही७,९१४
कर्णालीहुम्ला-१जय पती रोकाया८,७९७
कर्णालीजाजरकोट-१खडक वहादुर वुढा२०,१४२
कर्णालीदैलेख-१बासना थापा१२,३७२
कर्णालीसुर्खेत-१विष्णु बहादुर खड्का२६,८९७
सुदूरपश्चिमबाजुरा-१जनक राज गिरी१७,१७३
सुदूरपश्चिमअछाम-१भरत कुमार स्वार१०,७५९
सुदूरपश्चिमडोटी-१भरत बहादुर खड्का१४,८९७


 

प्रकाशित: २४ फाल्गुन २०८२ १४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App