सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवराज दुलाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार दुलालले २१ हजार ६९९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बंशलाल तामाङले १९ हजार १४६ मत प्राप्त गरेका छन्।
उक्त निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का शेरबहादुर तामाङ १५ हजार ९२६ मतसहित तेस्रो स्थानमा रहे भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झलक कुमार श्रेष्ठले १४ हजार १९ मत प्राप्त गरेका छन्।
यससँगै सिन्धुपाल्चोक–२ मा नेकपाले प्रतिनिधिसभामा एक सिट सुरक्षित गरेको छ।
प्रकाशित: २४ फाल्गुन २०८२ १५:३२ आइतबार





