२५ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नुपर्छ : सांसद हमाल

नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा संसदीय दलका तर्फबाट आफ्नो धारणा राख्दै उनले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता र मौलिक अधिकारलाई सुदृढ बनाउन संविधान संशोधन गर्न सकिने बताए। 

सांसद हमालले संविधान संशोधनसम्बन्धी बहस नोट तयार गर्न गठित कार्यदलबाट आफ्नो पार्टी अलग भएको सदनलाई जानकारी गराए। यद्यपि उनले आफूहरू संविधान संशोधनसम्बन्धी आधारभूत विषयमा असहमत नरहेको स्पष्ट गरे।

राज्य सत्ता सञ्चालन, कानुन निर्माण, सङ्घीयताको सुदृढीकरणलगायत विषयमा संशोधन गर्न सकिने बताउँदै   त्यसका निमित्त राष्ट्रिय सहमतिको आवश्यकता भएकामा उनको जोड थियो।

लोकतन्त्रका संरचनामाथि बन्देज लगाउन नहुनेमा जोड दिँदै सांसद हमालले विद्यार्थी सङ्गठन र कर्मचारी ट्रेड युनियनलाई खारेज गर्न नहुने तथा सरकारले तत्कालको आवश्यकता संशोधन गर्न अध्यादेश ल्याउन पाउने संवैधानिक व्यवस्था भए पनि संसद् छलेर अध्यादेश जारी गर्ने परम्पराले संसदीय अभ्यास कमजोर हुने बताए।

प्रकाशित: २५ असार २०८३ १४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App