३२ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

मौलापुरमा प्रधानमन्त्री बालेनको पुतला दहन

सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै रौतहटको मौलापुर नगरपालिकामा प्रधानमन्त्री बालेन्द्र शाह बालेनको पुतला दहन गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार प्रदर्शनका क्रममा स्थानीयले ‘बिजुली–पानीको भुक्तानी गर’, ‘सम्मानित सर्वोच्च अदालतको आदेश पालन गर’, ‘मौलापुरलाई हाकिमविहीन बनाउने संघीय मामिला तथा समान्य प्रशासन मन्त्री प्रतिभा रावल राजीनामा गर’, ‘नगरपालिकाको बजेट फ्रिज गराउन पाइँदैन’ लगायतका नाराहरू लगाउदै प्रधानमन्त्री शाहको पुत्ला दहन गरेका छन् ।

नगरपालिकाको प्रशासनिक तथा आर्थिक गतिविधिमा भइरहेको हस्तक्षेप तत्काल अन्त्य गर्नुपर्ने र अदालतको आदेश तत्काल कार्यान्वयन नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

प्रकाशित: २५ असार २०८३ १६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App