३२ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

प्रस्तावित निर्वाचन आयुक्त माथिको सुनुवाइ प्रक्रिया अघि बढ्यो, शुक्रबारदेखि उजुरी दिन सकिने

सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। 

समितिको आज बसेको बैठकले आयोगका प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्की तथा आयुक्तमा प्रस्तावित डा राजिव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।  

समितिका अध्यक्ष बोधनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उजुरी आह्वानका लागि शुक्रबार सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको छ।  

समितिले आगामी साउन ५ गते अर्को बैठक बसी उजुरीको सुनुवाइ प्रक्रिया अघि बढाइने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा यही असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले उनीहरुलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। 

प्रकाशित: २५ असार २०८३ १६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App