६ माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसको विशेष महाधिवेशन लम्बियो

नेपाली कांग्रेसको विशेष महाधिवेशन लम्बिएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बन्दसत्रमा प्रस्तुत गरेका दुई अलग प्रतिवेदनमाथि छलफल नसकिएपछि महाधिवेशन मंगलबारसम्म लम्बिने भएको हो। 

विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार, महामन्त्रीद्वयको प्रतिवेदन पारित भएपछिमात्र मंगलबार नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुनेछ। 

यसैबीच, सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग वार्ता गर्ने भएका छन् । देउवा निवासमा भएको छलफलपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीलाई एकढिक्का बनाइराख्न सभापतिले महामन्त्रीहरुसँग छलफल गर्ने निष्कर्ष निकालेको जानकारी दिए ।  

भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र जारी रहँदा सभापति देउवा निवासमा नेताहरुबीच छलफल चलिरहेको छ । छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, जीवन परियार, बद्री पाण्डे, मोहन बस्नेत, प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रकाशशरण महतलगायतका नेता सहभागी छन् ।

प्रकाशित: २८ पुस २०८२ १८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App