सुरेन्द्र यादव
जनता समाजवादी पार्टी ( जसपा) नेपालका प्रमेश्वर साह आगामी प्रतिनिधिसभा सदस्यका लागि धनुषा- २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साह उम्मेदवारी दर्ता गराइएका हुन् ।
उनी ०७४ साल प्रादेशिक निर्वाचनमा धनुषा ३ "ख" बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट नेकपा एमालेका दिपेन्द्र ठाकुरसँग पराजित भएका थिए ।
प्रकाशित: ६ माघ २०८२ १५:४४ मंगलबार





