२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

तेजस्वी एकेडेमी र काठमाडौं विद्या कुञ्ज फाइनलमा

आयोजक तेजस्वी एकेडेमी र काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभिकेएसएस) बिहीबार प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फ फाइनलमा प्रवेश गरेका छन्।

तारकेश्वर नगरपालिकाको थापागाउँस्थित घरेलु कोर्टमा तेजस्वीले मानसिंहलाई २४–२२ को झिनो अन्तरले पराजित गर्‍यो। तेजस्वीकी एस्थर बरुवालले ८ अंक जोडिन्। अर्को सेमिफाइनलमा केभिकेएसएसले बेलमोन्ट इन्टरनेसनल स्कुललाई २२–१४ ले हरायो। केभिकेएसएसकी मुस्कान मितोकले १२ स्कोर गरिन्।

ब्वाइजमा ह्वाइट हेभेन र एन्जल्स हार्ट उपाधिका लागि भिड्ने भएका छन्। ह्वाइट हेभेनले हिमालयलाई ५१–३९ ले पाखा लगायो। ह्वाइट हेभेनका राहुल सुनारले १५ अंक बटुले। संस्कृति शिक्षा सदनविरुद्धको खेलमा एन्जल्स हार्ट ४५–३६ ले विजयी भयो। एन्जल्स हार्टका लागि रूपेश पौडेलले २१ स्कोर गरे।

प्रकाशित: १५ फाल्गुन २०८२ ०८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App