२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

वीरगन्जकाे सानोपाइला सहकारी ठगीः रवि लामिछानेसँग एक करोड धरौटी माग

वीरगन्जस्थित सानोपाइला सहकारी ठगी प्रकरणमा जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग एक करोड धरौटी मागेको छ।  मंगलबार न्यायाधीश रुद्र सुवेदीको इजलासमा भएको थुनछेक बहसपछि एक करोड धरौटी मागेको हो।  

गत जेठमा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेमाथि अभियोजन गरेको थियो। सानोपाइला सहकारी ठगी मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो।  

प्रकाशित: ६ माघ २०८२ १५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App