२ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दुबईमा एयरपोर्ट रोड र एयरपोर्ट टनेल अस्थायी रूपमा बन्द

दुबई प्रहरीले एयरपोर्ट रोड र एयरपोर्ट टनेल अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ।

प्रहरीले अपरेशन जारी रहँदा चालकहरूलाई वैकल्पिक मार्गहरू प्रयोग गर्न आग्रह गरेको छ।

यसअघि दुबई मिडिया अफिसले दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इन्धन ट्याङ्की नजिकै लागेको आगो नागरिक रक्षा टोलीहरूले सफलतापूर्वक नियन्त्रण गरेको रिपोर्ट गरेको थियो।

त्यसअघि, दुबई अन्तर्राष्ट्रिय विमानस्थित इन्धन ट्याङ्की नजिकै ड्रोन आक्रमण भएको थियो। दुबई मिडिया अफिसले सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको बताएको थियो।

पछि आगलागी नियन्त्रणमा लिइएको थियो। उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन्।

दुबई नागरिक उड्डयन प्राधिकरणले यात्रु र कर्मचारीहरूको सुरक्षाका लागि सावधानी अपनाउँदै विमानस्थलमा उडानहरू अस्थायी रूपमा स्थगित गरेको थियो।

प्रकाशित: २ चैत्र २०८२ १०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App