२ चैत्र २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

‘परालको आगो’ को ‘उडि जाउँ भने, म पंक्षी होइन’ बोलको गीतमा सुहानाले पोखिन् भाव

आगामी बैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’ को गीत ‘उडी जाउँ भने,म पन्छी होइन’ रिलिज भएको छ। निर्माण टिमले ओएसआर युटुब च्यानलमार्फत रिलिज गरेको हो।

गीतको भिडियोमा परालको आगोका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र बालकलाकार मञ्जिला बानियाँले अभिनय गरेका छन्।

आफू बसेको ठाउँभन्दा आफ्नो माया भएको ठाउँमा जान मन भएको भाव गीतमार्फत सुहानाले भावना पोखेकी छन्। यस गीतमा सुहाना थापालाई साँच्चै उत्कृष्ट अभिनय गराइएको छ। रामजी लामिछानेले गरेको यस कोरियोग्राफीलाई दर्शकले समेत मन पराएका छन्।

नेपाली गीतसंगीतको पहिलो कम्पोजर तथा एरेन्जर शान्ति ठटालको संगीतमा रहेको यस गीतमा निशु शर्माले गाएकी छन्। साथै गीतको शब्द रचना मनबहादुर मुखियाले गरेका हुन्। नेपाली स्रोतामाझ असाध्य लोकप्रिय रहेको यस गीतले फेरि पनि बेग्लै छाप छोड्न सक्ने निर्माण पक्षको भनाइ छ।

यस गीतको ओर्जिनल गायिका अरुणा लामा हुन्। उनले ४ दशकअघि गाएकी थिइन्। जुन गीत अझै समय सान्दर्भिक सुनिन्छ। निर्माण टिमले अरुणा लामा समर्पित भन्दै गीतमार्फत सम्झिएको छ। यस गीतको म्युजिक एरेन्ज विनोद भुजेलले गरेका छन्।

गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’ बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बालकलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको छ। सुशील देवकोटाले फिल्मको पटकथा तथा संवाद लेखेका हुन्।

लक्ष्मण सुनारले निर्देशन गरेको यस फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने सम्पादन मिलन श्रेष्ठको छ। साथै रंग संयोजन कनाल कुँवरको छ।

फिल्ममा भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादनको काम साहिल खानको छ। त्यसैगरी फिल्मको मिक्सिङ मुकेश शाह र निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्।

यस फिल्मको पार्श्व आचार्य र प्रकाश सपुतले गरेका छन्। फिल्मका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ।

यसै फिल्ममा कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशकको जिम्मा करणबहादुर साउदको छ। सुलभी पोखरेल र सत्यम पोखरेल रहेको यस फिल्मलाई नेपालभरको फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ।

गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशनमा निर्माण भएको थियो।

प्रकाशित: २ चैत्र २०८२ १०:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App