नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले कैलाली-४ मा मनोनयन दर्ता गरेका छन । विषम परिस्थितिमा भैरहेको निर्वाचनमा संविधानको रक्षा, समृद्धि र विकासका लागि जनताले एमालेलाई जिताउने भट्टले बताए ।

सुदूरपश्चिमको गरिबी अन्त्य, विकास र सुशासनका क्षेत्रमा काम गर्न आफूले नेतृत्व गर्ने उनले बताए । यो निर्वाचन क्षेत्रमा नेकपाबाट हरि चौधरी उत्सवले मनोनयन दर्ता गरेका छन ।

रास्वपाबाट हरि रेग्मीले मनोनयन दर्ता गरेका छन । नेपाली कांग्रेसबाट वीरबहादुर बलायरले चुनाब नलड्ने भनेकाले अझै मनोनयन दर्ता भएको छैन । २०७९ मा नेपाली कांग्रेसका बलायर निर्वाचित भएका थिए ।
प्रकाशित: ६ माघ २०८२ १५:३७ मंगलबार





