२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

जनतालाई सुखी र समृद्ध बनाउन मेरो उम्मेदवारीः माधवकुमार नेपाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले जनतालाई सुखी र समृद्ध बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन् । 

मंगलबार रौतहट क्षेत्र नम्बर एकमा आफ्नो उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताले गरिबी, अभाव र बेरोगजारीको समस्या भोगिरहेकाले त्यसको अन्त्यका लागि पहल गर्ने बताए । देशलाई सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरण गराउने उद्धेश्यसहित आफूले उम्मेदवारी दिएको दाबी गर्दै उनले देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने बताए ।  

समाजमा भएका अन्याय र अत्याचार लाई अन्त्य गर्न, राजनीतिमा भएका बिकृति र विसंगतीलाई समाप्त पार्न र परिवर्तनको गतिलाई तीब्र बनाउने आफ्नो उद्धेश्य रहेको पूर्वप्रधानमन्त्री नेपालको तर्क थियो । 

प्रकाशित: ६ माघ २०८२ १५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App