३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

गुमनाम भएर हिलो छ्याप्नु बहस होइन, जिम्मेवारीबाट भाग्नु हो : सांसद बास्कोटा

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले सामाजिक सञ्जालमा आफ्नो पहिचान लुकाएर अरूमाथि टिप्पणी र आक्रमण गर्ने प्रवृत्तिको आलोचना गरेकी छन्।

सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मा लेख्दै उनले आफ्नो नाम, अनुहार र पहिचान लुकाएर अरूमाथि टिप्पणी, आरोप र आक्रमण गर्न सजिलो हुने बताएकी हुन्।

उनले लेखेकी छन्, 'असहमति राख्ने अधिकार सबैलाई छ, आलोचना गर्ने अधिकार पनि छ। तर कम्तीमा पहिचानसहित आफ्नो कुरा राख्ने नैतिक साहस पनि हुनुपर्छ।'

पहिचान नलुकाइकन जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गर्दै उनले अगाडि भनेकी छन्, 'गुमनाम भएर हिलो छ्याप्नु बहस होइन, जिम्मेवारीबाट भाग्नु हो।'

प्रकाशित: ३० जेष्ठ २०८३ १०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App