१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरीः पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी रहेको बताएका छन्।  

सोमबार काठमाडौंमा आयोजित ‘रानी माया’ गीतको भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि प्रकृति, संस्कृति र शाहसिक खेलहरुको विकास गर्न जरुरी रहेको पनि बताए।  

उनले नेचर, कल्चर र एड्भान्चरलाई केन्द्रित गरेर नेपालले पर्यटन क्षेत्रको विकास गर्न आवश्यक भएको बताए। मन्त्रालयले प्रकृति, संस्कृति र शाहसिक खेलहरुलाई मध्यनजर गरेर पर्यटन विकासका लागि काम अघि बढाइरहेको उनको भनाइ थियो। उनले देशको पर्यटन विकासका लागि सिनेमा, गीतको भिडियोहरुमा नेपालमा नै रहेका मौलिकता झल्काउने ठाउँको प्रयोग गर्न आवश्यक रहेको बताए।  

प्रकाशित: २१ कार्तिक २०७९ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App