१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लोसपा छाडेर एमाले प्रवेश गर्दै सांसद उमाशंकर अरगरिया

फाइल तस्बिर।

लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया (लोसपा) परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छन्। उनलाई पार्टी प्रवेश गराउन (एमाले) का अध्यक्ष केपी शर्मा ओली धनुषा आउने बुझिएको छ। असोज ८ गते निर्वाचन क्षेत्र नम्बर दुई स्तिथतिनकोरिया बजारमा एमालेले बृहत कार्यक्रमको आयोजना गरी उनलाई प्रवेश गराउन लागेको हो।

निर्वाचन क्षेत्र नम्बर दुईको तिनकौरिया बजारमा असोज ८ गते पार्टी बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रम रहेको एमालेका धनुषा जिल्ला अध्यक्ष राज किशोर यादवले जानकारी दिए। यादवले भने,‘ सोही दिन अरगरिया एमालेमा प्रवेश गर्ने सम्भावना रहेको छ। अहिलेसम्म आधिकारिक जानकारी नआएकाले सम्भावना मात्र रहेको उनले बताए।’ 

‘अस्ति पनि जनकपुरको तिहुतियागाछीमा जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीजी आउनु भएको थियो। त्यहाँ मंचबाटै अध्यक्षले पुनः धनुषा निर्वाचन क्षेत्र दुईमा आउने घोषणा गरेर जानुभयो’, जिल्ला अध्यक्ष यादवले भने,‘ अध्यक्षजी पुनः जनकपुर आउनु भनेको कुनै ठुलै नेतालाई पार्टी प्रवेश गराउन लागेको बुझिन्छ। अरगरियाजी पहिलेदेखि नै एमालेमा आउने चर्चा चलेको थियो। पार्टी अध्यक्षको आगमनले अरगरिया एमालेमा आउने सम्भावना अधिक रहेको छ।’

अरगरिया धनुषा निर्वाचन क्षेत्र दुईको वर्तमान सांसद हुन्। उनी  ०७४ सालको निर्वाचनको एक महिना अगाडी विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक परित्याग गरी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको थियो। अरगरिया फोरम नेपालबाट धनुषा प्रतिनिभिसभा निर्वाचन क्षेत्र दुईमा उम्मेदवारी दिएको थियो। सो निर्वाचनमा अरगरिया ३२ हजार मत ल्याएर निर्वाचित भएका थिए।

०७४ सालको निर्वाचनपछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी एकीकरण भई जनता समाजवादी पार्टी बनेको थियो। तर एकीकरण धेरै दिन टिक्न सकेन्। महन्थ ठाकुर जसपाबाट अलग भई लोकतान्त्रिक समाजवादी पार्टी गठन गरे। अरगरियाले उपेन्द्र यादव नेतृत्वको दल त्याग गरी महन्थ ठाकुर नेतृत्वको लोसपा रोजेका थिए।

प्रकाशित: ३० भाद्र २०७९ ०५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App