८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

विधायन व्यवस्थापन समितिबाट नागरिकता विधेयक हुबहु पारित

विधायन व्यवस्थापन समितिबाट नागरिकतासम्बन्धी विधेयक हुबहु पारित भएको छ।

बुधबार बसेको समिति बैठकले प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई छलफलपछि विधायन व्यवस्थापन समितिबाट हुबहु पारित भएको हो।

विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लिखित अहसमति राखे पनि समितिमा सत्तारुढ गठबन्धनमा रहेका दलको बहुमत रहेकाले विधेयक हुबहु पारित भएको छ। विधायन समितिमा १५ जना सदस्य रहेकामध्ये एमालेका तीन र स्वतन्त्र सांसद खिमलाल देवकोटाले फरक मत राखेका हुन्।

अब समितिले बिहीबार बस्ने राष्ट्रियसभा बैठकमा प्रतिवेदन पेश गर्नेछ।

प्रकाशित: १५ भाद्र २०७९ १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App