२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

व्यवसायिक मापदण्ड पालना गर्न व्यवसायीलाई सुझाव

ताप्लेजुङमा निरन्तर अनुगमन

संयुक्त बजार अनुगमन टोलीले बिहीबार ताप्लेजुङको फुङलिङका बजार तथा पसलको अनुगमन गरी न्यूनतम् व्यवसायिक मापदण्डका बारेमा व्यवसायीलाई सचेत गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईको संयोजत्वमा गरिएको बजार अनुगनमा बिहीबार उपभोग्य बस्तुको हदम्याद, मूल्यसूची, प्रचलित दरमा बिक्री भए नभएको र दर्ता तथा नवीकरणको अवस्थाका बारेमा निरीक्षण गरिएको छ ।  

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा उद्यम विकास अधिकृत नवीन भट्टराईका अनुसार अनुगमनलाई कार्यतालिका अनुसार थप तीव्रता दिईने छ । अनुगमन टोलीले पहिलो चरणमा व्यवसायीलाई न्यूनतम् व्यवसायिक मापदण्डको प्रभावकारी पालनामा सचेत गराएको र अब उप्रान्त अनुगमनका कडाई गरिने सहायक प्रजिअ भट्टराईले जानकारी दिए ।  

अबको अनुगमनमा न्यूनतम् व्यवसायिक मापदण्डको उचित पालना नगरे नियमानुसार हुने सहायक प्रजिअ भट्टराईले बताए । फुङलिङ नगरपालिका,जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय, ताप्लेजुङ उद्योग बाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च र पत्रकार महासंघ समेतको साझेदारीमा बजार अनुगमनलाई निरन्तरता दिईने घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।  

संयुक्त बजार अनुगमन टोलीले उपभोक्ता हित र कल्याणलाई ध्यानमा राखी कार्यतालिका बनाएर नियमित रुपमा अनुगमन गर्ने नीति लिएको छ । माछामासुजन्य, खाद्यान्न सहितका दैनिक उपभोग्य, होटल तथा पसल, तरकारी तथा फलफूल, जुत्ता तथा कपडा व्यवसाय र श्रृंगार सामग्री व्यवसाय समेतलाई अनुगमनको कार्यतालिकामा समावेश गरी अनुगमनलाई नियमित र प्रभावकारी बनाउने योजना बनाईएको सहायक प्रजिअ भट्टराईले बताए । 

प्रकाशित: २४ पुस २०८२ १९:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App