७ वैशाख २०८१ शुक्रबार
राजनीति

देशलाई गरिबीबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षा आवश्यक: नेपाल

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताएका छन्।  

आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको काठमाडौंमा आयोजित केन्द्रिय कमिटीको प्रथम बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशलाई गरिबी, अभाव र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताए।

उनले देशको वर्तमान शिक्षा प्रणालीलाई व्यवहारिक बनाउनुपर्ने बताए। सबै नागरिकहरुलाई सिपको तालिम दिनुपर्ने उनको भनाइ थियो।  

अध्यक्ष नेपालले अनुशासित र मेहनती नागरिक भएका देशहरु मात्रै विकासमा अगाडी बढ्न सकेको उल्लेख गर्दै नेपालमा पनि विकासका लागि असल नागरिक उत्पादन हुनुपर्ने उनले बताए।

प्रकाशित: १२ भाद्र २०७९ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App