८ वैशाख २०८१ शनिबार
राजनीति

घोराही उपमहानगरको प्रमुखमा एमालेको अग्रता

घोराही उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ। मतगणना सुरु भएदेखि गठबन्धनका उम्मेदवार हेमराज शर्माले अग्रता लिइरहेको भएपनी अहिले भने एमालेका नरूलाल चौधरीले अग्रता लिन सुरु गरेका हुन। चौधरीले ७ हजार ४५ मतका साथ अग्रता सुरु गरेका हुन्।

यसैगरी गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका माओवादीका शर्माले ७ हजार १० मत प्राप्त गरेका छन। उपमेयरमा भने गठबन्धनको अग्रता कायमै छ। गठबन्धनका तर्फबाट उपमेयरको उम्मेदवार बनेका काङ्ग्रेसका भुप बहादुर डाँगिले ७ हजार ४ सय ४१ मत प्राप्त गरेका छन । एमालेकि हुमा डिसिले ६ हजार ७ सय ८७ मत प्राप्त गरेकी छिन। 

प्रकाशित: १ जेष्ठ २०७९ १५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App