१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गठबन्धन गरेर चुनावमा जानु राष्ट्रको आवश्यकता हाेः वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन गरी चुनावमा जानु राष्ट्रको आवश्यकता भएको बताएका छन्।

एक सय ३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस तनहुँद्वारा हिजाे दमौलीमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले एक्लै लड्दा सबै ठाउँमा जित हासिल गर्न मुश्किल पर्ने हुँदा कमजोर ठाँउमा गठबन्धन गर्न आवश्यक रहेको बताए। गठबन्धन बीचको चुनावी तालमेलले राम्रो परिणाम ल्याउने उनको दाबी थियो।

'यही सरकारलाई संसदीय चुनावसम्म जोगाइ राख्न गठबन्धन दलबीच चुनावी तालमेल गरिएको हो' नेता पौडेलले भने। लोकतन्त्र, स्थायित्व र उपलब्धिको रक्षा गर्न कांग्रेस गठबन्धन दलबीच तालमेल गरेर अगाडि बढेको उनको धारणा थियो। देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउन श्रमिकले खेलेको भूमिका महत्वपूर्ण रहेको नेता पौडेलले बताए।

कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, राष्ट्रियसभाका सदस्य प्रकाश पन्थ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, ट्रेड युनियन कांग्रेस तनहुँका अध्यक्ष सूर्यचन्द्र हड्खले, उपाध्यक्ष लोकराज सेढाइलगायतकाले मजदुरको गास, बास र कपासको व्यवस्थाका साथै सामाजिक सुरक्षामा राज्यले ध्यान दिनुपर्नेमा जोड दिए। रासस

प्रकाशित: १९ वैशाख २०७९ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App