४ वैशाख २०८१ मंगलबार
राजनीति

चीनसँग सीमा विवाद छैनः केपी ओली

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग कुनै पनि सीमा विवाद नभएको बताएका छन्। शनिबार एमाले काठमाडौं महानगरपालिकाको भेलालाई सम्बोधन गर्दै ओलीले चीनसँग सीमा विवाद नभएको बताएका हुन्।  

'चीनसँग हाम्रो सीमा विवाद छैन,' उनले भने, 'कसलाई खुसी बनाउन यो सरकारले समिति बनायो। म चुनौति दिएर भन्छु। कहाँ देखाउँछ समितिले विवाद छ।'

यस्तै, उनले वर्तमान सरकारले भारतसँग सम्बन्ध विगार्दैछ लगेको आरोप लगाए।  

एमसीसीबारे सरकारले धारण स्पष्ट बनाउनुपर्ने बताए।  

सरकारले नेपाल र चीनबीच सीमा विवादका विषयमा छानविन गर्न अध्ययन समिति गठन गरेको छ। चीनसँग सीमा जोडिएको हुम्लाका विभिन्न ठाउँमा रहेको सीमा विवाद अध्ययन गर्न सरकारले समिति गठन गरेको बताइएको छ।

प्रकाशित: १९ भाद्र २०७८ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App