२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : अध्यक्ष लिङ्देन

क्याप्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशस्त लगानी भएर सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्ने बताएका छन्।

झापाको हल्दिबारी गाउँपालिकालाई आज यहाँ आयोजित पूर्णसाक्षर पालिका घोषणा गर्दै लिङ्देनले सरकारले सामुदायिक विद्यालयमा प्रशस्त लगानी गरे पनि नतिजा खस्किनुको कारण खोज्नुपर्ने समय आएको बताए। 'कहाँ कमजोरी भयो, यति धेरै लगानी गरेर पनि सामुदायिक विद्यालयको परिणाम कमजोर हुनुको कारण के हो?' उनले भने, 'निजी विद्यालयभन्दा किन कमजोर छ?'

भौतिक पूर्वाधारदेखि शिक्षक तथा कर्मचारीको तलब, तालिम सबै विषयमा निजीभन्दा सामुदायिक विद्यालय पहुँचयोग्य रहेका बताउँदै सङ्घीय सांसदसमेत रहेका लिङ्देनले शिक्षक अभाव भएका ठाउँमा पालिकाहरूले निजी स्रोतबाट शिक्षक नियुक्त गरेको आफूले पाएको उल्लेख गरे।

'भवन नभएर वा तलब नपुगेर वा तालिम नभएर कारण के होकि, कमजोरी र कारणहरू हामीले खोज्नुपर्छ,' उनले भने, 'हाम्रो देश कस्तो बनाउने भन्ने कुरा अहिले उत्पादन भएका विद्यार्थीबाटै हो, आगामी भविष्य र नेपाल कस्तो हुन्छ भन्ने हामीले उत्पादन गर्ने विद्यार्थीले निर्धारण गर्छन्।' आगामी दिनमा देश राम्रो/नराम्रो जस्तो बने पनि त्यसको जस र अपजस शिक्षकले पनि लिनुपर्ने उनको भनाइ छ।

कार्यक्रममा शैक्षिकसत्र २०८१ को एसइई परीक्षमा हल्दिबारीबाट उत्तीर्ण भएका तीन सय आठ विद्यार्थीमध्ये उत्कृष्ट ३२ विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो। प्रमुख अथिति लिङ्देन, गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनालीलगायतले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरे।

प्रकाशित: २० असार २०८२ २१:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App