वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपाली कांग्रेस र एमालेबिचको वर्तमान गठबन्धनलाई दुई व्यक्तिको गठबन्धनको संज्ञा दिएका छन् । नेपाली कांग्रेससँग वैचारिक निकटता राख्ने बुद्धिजीवी आचार्यले ‘नागरिक फ्रन्टलाइन’ का लागि प्रधान सम्पादक गुणराज लुइँटेलसँगको अन्तर्वार्ता उक्त धारणा राखेका हुन् ।
‘अब आठ/दश महिना कति बाँकी छ त्यसपछि आउने प्रधानमन्त्री तय भइसकेको छ’, उनले भने, ‘त्यो कसले तय गर्योभन्दा जनता वा पार्टीले होइन। शेरबहादुर देउवा र उहाँकी श्रीमती (आरजु राणा) ओलीजीको घरमा गएर तय गर्नुभयो। उहाँ (केपी शर्मा ओली) पछि प्रधानमन्त्री हुन्छु भनेर लिपिबद्ध पनि गर्नुभयो।’
उनले त्यो लिपिबद्धतामा पार्टीको नाम नभएको उल्लेख गर्दे यो गठबन्धनलाई पार्टी पङ्क्ति र यसका समर्थकले पनि दुई पार्टीको नभएर दुई व्यक्तिको गठबन्धन मात्रै ठानेको बताएका छन् । ‘अहिले त इन्डियन मिडियाका मान्छेहरू नेपाल तीन जनाले कब्जा गरेका छ भन्छन्।,’ उनले थपे, ‘त्यसरी नै चिनियाँले पनि भन्न थालिराखेका छन्।’
अपेक्षा पनि छैन
उनले अहिलेका प्रधानमन्त्रीबाट मात्र हैन त्यसपछि बन्ने प्रधानमन्त्रीबाट पनि केही अपेक्षा नरहेको सुनाए । ‘२०५१ सालमा प्रधानमन्त्री भइसकेका शेरबहादुरजी आज ठ्याक्कै तीस वर्ष भयो। पाँचपल्ट प्रधानमन्त्री हुनुभयो।,’ उनले भने, ‘अब उहाँले के काम गर्नुहोला? देशले उहाँबाट के अपेक्षा गर्ने? छैटौंपटकमा के अपेक्षा गर्ने?’
प्रकाशित: ६ असार २०८२ १०:५० शुक्रबार





