टी-२० महिला विश्वकप ग्लोबल छनोटपूर्वको आफ्नो अन्तिम अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपाललाई अमेरिकाले ६ विकेटले हराएको हो । नेपालले दिएको १३७ रनको लक्ष्य पछाएको अमेरिकाले १९.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो।
अमेरिकाका लागि ओपनर चेत्ना पग्ड्यालाले अर्धशतक प्रहार गरिन्। उनले ४६ बलमा ५६ रन जोडिन् ।
नेपालका लागि सोमु बिष्ट र रिया शर्मा ले समान एकएक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको थियो। नेपालका लागि बिन्दु रावलले सर्वाधिक २७ रन बनाइन् ।
अमेरिकाको लागि तारनुम चोपारले ३ विकेट लिइन्।
यसअघि भएको यी दुई टोलीबीचको पहिलो अभ्यास खेलमा नेपालले अमेरिकमाथि ४ विकेटको जित हासिल गरेको थियो।
आइतबार नेपालमा सुरु हुने आईसीसी टी-२० महिला विश्वकप ग्लोबल छनोटको तयारी स्वरुप यो अभ्यास खेल खेलेको हो।
प्रकाशित: २ माघ २०८२ १६:२० शुक्रबार





