२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

फिफा विश्वकप : न्युजिल्यान्डविरुद्ध इजिप्टको गोल वर्षा, ३-१ ले अगाडि

फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार भइरहेको खेलमा इजिप्टले न्युजिल्यान्डविरुद्ध अग्रता कायमै राखेको छ।

पहिलो गोल गरेर सुरुवाती अग्रता लिएको न्युजिल्यान्डलाई इजिप्टले ३-१ ले उछिन्दै अग्रता कायम राखेको हो। समूह जी को यो खेलको ८२ औं मिनेटमा ट्रेजीले तेस्रो गोल गरेर न्युजिल्यान्डलाई पछाडि पारेका हुन्।

यस्तै, खेलको ६७औं मिनेटमा मोहम्मद सलाहले दोस्रो गोल गरेपछि इजिप्टले अग्रता लिएको थियो।

भ्यानकुभर बीसी प्लेस स्टेडियममा जारी खेलमा यसअघि १५ औं मिनेटमा फिन सरमनले पहिलो गोल गर्दै न्युजिल्यान्डलाई सुरुवाती अग्रता दिलाएको थिए। त्यसपछि ५८ मिनेटमा मोस्तफा जिकोले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए।

पहिलो खेलमा बराबरी खेलेका दुवै टोलीका लागि यो खेल अत्यन्त महत्वपूर्ण मानिएको छ। यो खेलको विजेताले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउनेछ।

प्रकाशित: ८ असार २०८३ ०८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App