साहित्यकार विश्वराज अधिकारीकाे ‘हरिअरी’ बज्जिका लघुकथासंग्रह लाेकार्पण भएकाे छ।
कार्यक्रममा अधिकारीकाे ‘हरिअरी’ बज्जिका लघुकथासंग्रहकाे साथमा विश्वराज अधिकारी एक: व्यक्तित्व अनेक र विश्वराज अधिकारी: बज्जिका रतनकाे लाेकार्पण भएकाे हाे।
लाेकप्रिय कथाकार भागिरथी श्रेष्ठकाे प्रमुख आतिथ्य तथा शुकदेव उपाध्यायकाे अध्यक्षतामा कृतिकाे लाेकार्पण भएकाे हाे।
कार्यक्रममा समालाेचक तथा साहित्यकार खेमराज पाेखरेलले उपस्थित प्रियजनलाइ शब्द मार्फत स्वागत गरेका थिए।
प्रतिक ढकाल, डा. चुडामणि शर्मा, रामचन्द्र कुसवाह र बज्जीकाभाषी केही अभियन्ताले कृतिकाे लाेकार्पण गरेका हुन्।
पौडेल बिमुन्सले सञ्चालन गरेकाे कार्यक्रममा लघुकथा समाज नेपालका अध्यक्ष तुलसीहरि काेइराला, लघुकथाविद् लता केसी ‘लघुकथा अभिभावक’, विमल भौकाजी, प्रार्थना खनाल, एन्जल निलु, इन्दिरा चापागाईं, केदार आचार्य, ललिता दाेषी, वन्दना घिमिरे, ध्रुव मधिकर्मी, ध्रुवराज थापा पुरूष, सत्या अधिकारी, श्याम श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे।
त्यस्तै कार्यक्रममा दिव्य गिरी, कात्यायन, दीपक लोहनी, मन्दिरा मधुश्री, महेन्द्र नेउपाने, निर्मला बराल, नन्दकृष्ण जोशी, सुशीला प्रधानाङ्ग, पीपी कोइराला, मिसु श्रेष्ठ, सुनिता निरौला, ज्ञाननिष्ठ ज्ञवाली, लक्ष्मीनारायण भट्टराई, उमा सिजापती लगायत धेरै व्यक्तित्वको उपस्थिति थियो।
प्रकाशित: ७ असार २०८३ १०:१७ आइतबार




-600x400.jpg)
