मुलुकको वर्तमान अवस्था र समसामयिक विषयमा छलफलको सम्भावित कार्यसूची रहेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति संयुक्त सदन (प्रतिनिधिसभाका र राष्ट्रियसभा)को बैठक बस्ने भएको छ।
आज दिउँसो २ः३० बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा सो बैठक बस्ने संसद् सचिवालयको सूचनामा उल्लेख छ। यसैगरी, प्रतिनिधिसभाका अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज अलग अलग बस्दैछन्।
प्रकाशित: २१ श्रावण २०८३ ०९:१६ बिहीबार





