पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता बलबहादुर केसी चीनको भ्रमणमा जाँदैछन्। केसीको नेतृत्वमा शुक्रबार (भोलि) १७ सदस्यीय टोली चीनका लागि भ्रमणमा निस्किँदैछ।
त्यसअघि केसीले पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। बिहीबार (आज) बिहान देउवा निवास बूढानीलकण्ठ पुगेका केसीले भ्रमणका विविध विषयमा कुराकानी गरेको उनको सचिवालयले जनाएको छ।
केसीले त्यसअघि कांग्रेसका अर्का नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापासँग पनि भेटवार्ता गरेका छन्। केसी नेतृत्वको टोली शुक्रबार (भोलि) राति ११ बजे काठमाडौंबाट गोन्जाउ हुँदै बेइजिङका लागि निस्किनेछ।
केसी नेतृत्वको टोली त्यहाँ एक साता रहनेछ।
प्रकाशित: २९ जेष्ठ २०८२ १४:०३ बिहीबार





