२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

संसद्‌मा फेरि प्रतिपक्षको अवरोध

संसद्‌मा पुन: प्रतिपक्ष दलहरूले अवरोध गरेका छन्। बुधबार (आज) अबेर गरी सुरु भएको बैठक प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध जनाए।

जेठ १४ गतेयता नै संसद् बैठक अवरूद्ध गर्दै आएका प्रतिपक्ष दलहरूले पुरानै अडान दोहोर्‍याए- भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन।

सभामुख देवराज घिमिरेले दलीय रूपमा बोल्न दिने तर, त्यसका लागि कार्यसूचीमा प्रवेश गर्न बसेर सहयोग गर्न बारबार आग्रह गरे तर, प्रतिपक्ष दलका सांसदहरू उल्टै नाराबाजीमा उत्रिए।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित रास्वपा, राप्रपा, एकीकृत समाजवादीले संसद् अवरुद्ध गर्दै आएका छन्।

प्रकाशित: २८ जेष्ठ २०८२ १५:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App