२७ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

सरकारले पूर्वाधार निर्माणलाई गति दिएको छ : मन्त्री दाहाल

‘यातायात अवरुद्ध हुन नदिन निर्देशन’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अहिलेको सरकारले पूर्वाधार निर्माण तथा विकासका सबै क्षेत्रलाई गति दिएको बताएका छन्। आइतबार काठमाडौंको कपन क्षेत्रमा सडक अनुगमन तथा निरीक्षणका क्रममा उनले गठबन्धनमा रहेका दलहरू बीचमा दर्विलो विश्वास र सहकार्य रहेकै कारण विकास निर्माणले गति लिएको बताए।  

स्थानीयवासीले सो क्षेत्रमा खोला व्यवस्थापन तथा सडक निर्माणका लागि मन्त्री दाहाल समक्ष माग गरेका थिए। त्यस क्रममा उनले विकासका विभिन्न क्षेत्रहरू, मन्त्रालय तथा निकायका कार्यक्षेत्रमा पर्ने भएकाले ति सबै निकायहरूबीच समन्वय गरी जनअपेक्षा पूरा गरिने बताए।  

अहिले देश निर्माणका क्रममा रहेकाले पूर्वाधारहरूको विकासले नागरिकको जीवन स्तरमा पनि परिवर्तन ल्याइरहेको उनले जनाए। सडक सञ्जालको विकासले शिक्षा, स्वास्थ्य जस्ता सेवा लिन सहज हुनका साथै ग्रामिण क्षेत्रमा स्वरोजगारी र उद्यमशिलताको विकास भइ रहेको पनि मन्त्री दाहालले बताए।  

देशका विभिन्न राजमार्गहरू अहिले निर्माण तथा स्तरोन्नतिका क्रममा रहेकाले केही स्थानमा सवारी साधन सञ्चालनमा समस्या भए पनि सके सम्म यातायात अवरुद्ध हुन नदिने गरी काम भइ रहेको उनको भनाइ छ। वर्षायाम सुरु हुनै लागेकाले निर्माणाधीन सडकहरूमा यातायात अवरुद्ध हुन नदिन उनले सडक विभाग तथा आयोजनाहरूलाई निर्देशन पनि दिए।  

सडक निरीक्षण टोलीमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपाने, सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारी, इन्जिनियर प्रमोद खतिवडा लगायतका कर्मचारी तथा प्राविधिकहरू सहभागी थिए।  

मन्त्री दाहाल शिवमन्दिर त्रिवेणीचोक राष्ट्रिय सहिदपार्क उपभोक्ता समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पनि सहभागी भए। सो कार्यक्रममा नेकपा एमालेका नेता राजन भट्टराई, प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठ, प्रदेश सभा सदस्य जयराम थापा लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २१ वैशाख २०८२ १०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App