२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

महाधिवेशन प्रतिनिधि भन्छन् : हामी पार्टी फुटाउन होइन नीति र नेतृत्व परिवर्तन गर्न आएका हौँ

नेपाली कांग्रेसको विशेष महाधिवेशन आज औपचारिक रूपमा उद्घाटन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन केही बेरमा सुरु हुँदेछ।  

महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू जम्मा पनि हुँदै छन्। विशेष महाधिवेशन तय भएदेखि नै नेपाली कांग्रेस फुट्ने हल्ला पनि उत्तिकै चलिरहेको छ। सोही क्रममा चितवन क्षेत्र न‌ं १ बाट महाधिवेशन प्रतिनिधि भएर आएकी निता ढकालले यो महाधिवेशनबाट नेपाली कांग्रेस झनै बलियो भएर आउने बताइन्। उनले आफूहरू पार्टी फुटाउन नभइ नीति र नेतृत्व परिवर्तन गर्नका लागि महाधिवेशनमा आएको बताएकी छन्।

'वास्तवमा पार्टी फुट्छ भन्ने बाहिर एकदमै हल्ला चलेको छ। हामी पार्टी फुटाउन आएको होइनौँ। पार्टीलाई अझ मजबुत बनाएर अझै एकढिक्का बनाउन आएका हौँ,' उनले भनिन्।  

यो महाधिवेशनले पार्टीको नीतिविधि र पद्धतिलाई एकढिक्का बनाउने उनको दाबी छ। नेपाली कांग्रेसको विधानमै सम्मत नै यो विशेष महाधिवेशन भइरहेको उनले बताइन्।

प्रकाशित: २७ पुस २०८२ ११:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App