१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

शिक्षक आन्दोलनदेखि चकित छु, तर ‘टाइमिङ’ गलत भयो: सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले शिक्षक आन्दोलनको आकार र वेगबाट आफू सर्प्राइज (चकित) रहेको बताएका छन्।

बुधबार नागरिक फ्रन्टलाइन संवादमा अन्तर्वार्ता दिँदै अध्यक्ष राउतले यस्तो बताएका हुन्।

‘आन्दोलनको स्केल देखेर सर्प्राइज छु। यति दिनसम्म यतिको भिड कायम राखेर उहाँहरुले आन्दोलन गरिरहनुभएको छ,’ अध्यक्ष राउतले भने, ‘तर, मागमा यसको टाइमिङ गलत भयो।त्यो के भन्दा विधेयक अधिवेशन (हिउँदे) मा आउनुपर्थ्यो। उहाँहरू बजेट अधिवेशन (बर्खे) मा आउनुभयो।’

त्यसैले यति बेला चाहेर पनि सबै माग सम्बोधन नहुनसक्ने उनले बताए। उनले भने, ‘अर्को कुरा शिक्षा विधेयकमा धेरै संशोधन आएका छन्। छलफलकै क्रममा थियो, आत्तिहाल्नुपर्ने थिएन।’

सबै माग सम्बोधन हुन पनि नसक्ने उनले देखेका छन्। उनी भन्छन्, ‘उहाँ (शिक्षक) हरुले केही समझदारी लिनैपर्ला।’

प्रकाशित: १० वैशाख २०८२ २०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App